फिफा वरीयतामा नेपाल दुई स्थान माथि उक्लियो
काठमाडौं, माघ २७ : फिफा वरीयतामा नेपालले दुई स्थान सुधार गरेको छ।फिफाले बिहीबार गरेको अपडेटमा नेपाल २ स्थानमाथि उक्लँदै र्याङकिङमा १६७औं स्थानमा आइपुगेको छ।गत...
काठमाडौं, माघ २७ : फिफा वरीयतामा नेपालले दुई स्थान सुधार गरेको छ।
फिफाले बिहीबार गरेको अपडेटमा नेपाल २ स्थानमाथि उक्लँदै र्याङकिङमा १६७औं स्थानमा आइपुगेको छ।
गत साता दशरथ रंगशालामा भएको दुई मैत्रीपूर्ण खेलमा जित निकालेकाले नेपालले फिफा वरियता सुधार गरेको हो।
अफ्रिकी मुलुक मोरिससविरुद्ध नेपालले दुवै खेलमा समान १-०को जित निकालेको थियो। दक्षिण एसियालीमा भने नेपाल तेस्रो स्थानमा छ ।
नेपालभन्दा अघि भारत र माल्दिभ्स छन्। भारत १०४ र माल्दिभ्स १५७औं स्थानमा छन्।
प्रकाशित मिति: १५:१९ बजे, बिहीबार, माघ २७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











