लागूऔषधसहित बेग्लाबेग्लै स्थानबाट पाँचजना पक्राउ
काठमाडौ, माघ २७ : लागूऔषधसहित बेग्लाबेग्लै स्थानबाट फक्राउ परेका छन्।बाँकेको नेपालगन्ज उपमहानगरपालिका–४ बसपार्कबाट करिब २ ग्राम ५ सय ५० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो...
काठमाडौ, माघ २७ : लागूऔषधसहित बेग्लाबेग्लै स्थानबाट फक्राउ परेका छन्।
बाँकेको नेपालगन्ज उपमहानगरपालिका–४ बसपार्कबाट करिब २ ग्राम ५ सय ५० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा सोही उपमहानगरपालिका–४ बस्ने अछाम तुर्माखाद गाउँपालिका–७ घर भएका र अछाम पंचदेवल बिनायक नगरपालिका–४ घर भएका २ जना १८ वर्षीय किशोर रहेका छन्।
लागूऔषध नियन्त्रण ब्युरो नेपालगन्ज र जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो।
मोरङको विराटनगर महानगरपालिका–१५ स्थित १ नम्बर ढाटबाट करिब २ ग्राम ७ मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगरसहित केरावारी गाउँपालिका–८ बस्ने ३५ वर्षीय मिकेनजी लिम्बुलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ।
भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश १–०२–०४१ प ६२५९ नम्बरको स्कुटरलाई लागूऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा स्कुटर चालक लिम्बुलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ मंगलगडी चोकबाट करिब १ सय ६० मिलिग्राम अवैध लागूऔषध ब्राउन सुगरजस्तो देखिने पदार्थसहित दुईजनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–२ बस्ने २५ वर्षीय अजयसिंह चौधरी र २६ वर्षीय राजु गायन रहेका छन्। कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत लागूऔषध नियन्त्रण ब्युरो र जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो।
यी सबै घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।












