विभिन्न स्थानमा पाँचजना मृत फेला
काठमाडौं, माघ २७ : मुलुकका विभिन्न स्थानमा पाँचजना मृत फेला फेला परेका छन्।प्युठानको झिमरुक गाउँपालिका–५ सोही ठाउँ बस्ने ६९ वर्षीय डेगमान महतरा सोही ठाउँस्थित...
काठमाडौं, माघ २७ : मुलुकका विभिन्न स्थानमा पाँचजना मृत फेला फेला परेका छन्।
प्युठानको झिमरुक गाउँपालिका–५ सोही ठाउँ बस्ने ६९ वर्षीय डेगमान महतरा सोही ठाउँस्थित खरबारीको भिरमा बुधबार मृत अवस्थामा फेला परेका छन्। गत शुक्रबार घरबाट हिँडेका उनी घर फर्कि नआएपछि खोजी गर्ने क्रममा उक्त स्थानमा उनको शव फेला परेको हो ।
खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ स्थित सिन्धुलीगढी होटलमा काम गर्ने झापा दमक नगरपालिका–१ घर भएका ४४ वर्षीय बिनोद प्रसाद निरौला सोही होटलको कोठामा बुधबार मृत अवस्थामा फेला परेका छन्।
पाँचथरको याङबरक गाउँपालिका–१ हर्केटेस्थित मध्य पहाडी लोकमार्गमा काम गर्ने जाजरकोट नलगाड नगरपालिका–३ बस्ने ४९ वर्षीय मानबहादुर थापा बेस क्याम्पमा बुधबार मृत अवस्थामा फेल परेका छन्।
संखुवासभाको चिचिला गाउँपालिका–३ फाकादाम बस्ने दिपक राईकी ३ वर्षीया छोरी सदीक्षा राई घर नजिकै मृत अवस्थामा फेला परेकी छन्। गत कात्तिक १३ गते आफ्नै आँगनमा खेलिरहेको अवस्थामा हराई वेपत्ता भएकी उनको उक्त स्थानमा सडी गलेको अवस्थामा शव फेला परेको हो।
रामेछापको रामेछाप नगरपालिका–३ साघुँटार लिखु खोलामा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ६० वर्षीया महिलाको शव बुधबार फेला परेको छ।
यी सबै घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।












