बालबालिका केन्द्रित विज्ञापन गरे बापत युट्युबलाई १७ करोड डलर जरिवाना
युट्युब गुगलको स्वामित्वमा छ। बालबालिका केन्द्रित विज्ञापनको मुद्दामा युट्युबले १७ करोड अमेरिकी डलर बुझाउनुपर्ने भएको छ। योसँगै कम उमेरका दर्शक लक्षित विज्ञापनको विवाद....
युट्युब गुगलको स्वामित्वमा छ। बालबालिका केन्द्रित विज्ञापनको मुद्दामा युट्युबले १७ करोड अमेरिकी डलर बुझाउनुपर्ने भएको छ। योसँगै कम उमेरका दर्शक लक्षित विज्ञापनको विवादमा नयाँ मोड आएको छ। यस्ता छन् केही उदाहरणहरू :
बिलभेड बास्टर्ड्स: “आइ थिङ्क आइ क्यान्नट कल यु माइ + माइ बिलभेड बास्टर्ड्स एनिमोर” लोकप्रिय युट्युबर फिलिप डिफ्राङ्कोले सन् २०१६ को अन्त्यतिर लाखौं सब्सक्राइबरसँग यसरी दु:ख पोखेका थिए। गुगलले आफ्ना विज्ञापनहरू सबैका लागि अनुकूल भएको सुनिश्चित गर्न थालेको थियो। अपमानजनक भाषा प्रयोग गरेकाले उनको एउटा भिडियो “डिमनिटाइज्ड” गरिएको खबर गरिएको थियो।
हराएको आत्मविश्वास: सन् २०१७ को सुरूमा गुगल र युट्युब एउटा विवादामा तानिएका थिए। एउटा बेलायती समाचारपत्रले प्रमुख ब्रान्डहरू घृणा फैलाउने सामग्रीसँग मिसाइएको औंल्याइएको थियो। त्यसमा स्वीडेनको फिलिक्स सेलबर्गको एउटा भिडियो पनि परेको थियो। उनी “पिउडिपाइ” को नामले भिडियो पोस्ट गर्ने गर्छन्।
ठूला विज्ञापनदाताले युट्युबबाट हात झिके। जातलाई लिएर अपमानजनक भाषा र भिडियोसँग आफ्नो सन्देश नजोडियोस् भन्ने उनीहरूको चाहना थियो।भिडियो सामग्री कति हानिकारक हुनसक्छ भनेर कम्प्युटरको एल्गोरिदमले पत्ता लगाउन नसक्ने विवादले प्रष्ट्याएको थियो।
रूखो प्रतिक्रिया: सन् २०१७ को अन्त्यतिर युट्युबले बालबालिकासम्बन्धी दशौं हजार भिडियो हटायो। “कमेन्ट बक्स”मा अप्ठ्यारा र अनुचित प्रतिक्रिया आएकोले त्यसो गरिएको युट्युबले जानकारी दियो। युट्युबमा विज्ञापन आकर्षित गर्ने एउटा रणनीति थियो।
“बालबालिकालाई दुर्व्यवहार गर्ने युट्युबका भिडियो र कमेन्ट विरूद्ध हामीसँग प्रष्ट नीति छ र हामीलाई सावधान गराउँदा त्यसलाई लागू गरिन्छ,” युट्युबले भन्यो। प्रश्न उठ्न सक्ने सामग्रीलाई प्रभावकारी रूपमा पहिचान गर्न गुगलले आर्टिफिसियल इन्टेलिजेन्स र जनशक्तिमा लगानी गरेको बताएको छ।
जंगल विवाद: सन् २०१८ को अन्त्यतिर चर्चित भिडियो ब्लगर लोगन पलले आत्महत्या धेरै हुने जापानको एउटा जंगलमा शव भेटिएको भिडियो पोस्ट गरे। त्यसपछि उनको धेरै आलोचना भयो। उनको भिडियोलाई असंवेदनशील र अपमानजनक भनियो। हटाउनुअघि भिडियोलाई लाखौंले हेरेका थिए।
पिडोफाइल समस्या: सन् २०१९ को सुरूमा एक जना ब्लगरले शंकास्पद व्यक्तिबारे सावधान गराएका थिए। उनीहरूले युट्युबको कमेन्ट बक्सलाई सञ्चारसम्पर्क र शेयर गर्न प्रयोग गरेका थिए। बालबालिकालाई उनीहरूले एकदमै धेरै ध्यान दिइरहेका थिए। यो रणनीतिबाट युट्युबले प्रतिबन्ध गरेको “चाइल्ड पोर्नोग्राफी” र त्यसका सञ्जालबाट उम्किने बाटो बाल यौनदुराचारीले भेटेको ती ब्लगरको विश्वास थियो। भिडियो “भ्यू”का लागि पैसा पनि पाउने भएकाले एल्गोरिदमले पनि सहयोग गरिरहेको उनको दाबी थियो।
योसँगै ठूला विज्ञापनदाताले युट्युबमा विज्ञापन दिन बन्द गरे। प्रतिक्रिया स्वरूप युट्युबले पनि बालबालिकासम्बन्धी भिडियोमा कमेन्ट गर्न नमिल्ने प्रबन्ध मिलायो। अकाउन्ट र भिडियोहरू हटायो। गैरकानूनी गतिविधिबारे प्रहरीलाई पनि सूचना गर्न थाल्यो।