Kathmandu Press

कालीकोटको मान्ममा खानेपानी अभाव

मान्म, माघ २७ : कालीकोटको सदरमुकाम खाँडाचक्र नगरपालिका–१ मान्ममा खानेपानीको अभाव भएको छ । खानेपानीको उचित वितरण प्रणाली नहुँदा अभाव भएको हो।खानेपानी उपभोक्ता समितिले...
कालीकोटको मान्ममा खानेपानी अभाव

मान्म, माघ २७ : कालीकोटको सदरमुकाम खाँडाचक्र नगरपालिका–१ मान्ममा खानेपानीको अभाव भएको छ । खानेपानीको उचित वितरण प्रणाली नहुँदा अभाव भएको हो।

खानेपानी उपभोक्ता समितिले वितरण प्रणालीमा लापरवाही गरेका कारण पानी अभाव भएको स्थानीय रामबहादुर नेपालीले जानकारी दिए। ‘खानेपानीको उचित वितरण नहुँदा खानेपानीको बजारमा अभाव रहेको छ,’ उनले भने । खानेपानीको अभाव हुँदा टाढाबाट बोकेर खानेपानीको जोहो गर्नुपरेको नेपालीले बताए । ‘धारामा नियमित पानी नआएपछि सदरमुकाममा नै पिउने पानीको  अभाव भएको छ,’ उनले भने।

Hardik ivf

खानेपानी वितरणमा केही समस्या आएको र यसको चाँडै समस्या समाधान गरिने मान्म खानेपानी उपभोक्ता समितिका अध्यक्ष गणेशबहादुर शाहीले बताए । ‘विगत केही दिनदेखि वितरण प्रणालीमा समस्या आउँदा खानेपानीको अभाव भएको छ,’ उनले भने, ‘खानेपानी नियमित बनाउन यसका निर्माण व्यवसायीलाई बोलाएर समस्या समाधान गरिनेछ ।’

टाढाबाट खानेपानी सदमुकाममा ल्याइएको र पाइपमा समस्या आउँदा पनि खानेपानीको अभाव रहने गरेको उपभोक्ता समितिका अध्यक्ष शाहीले जानकारी दिए। ‘हामी टाढाबाट खानेपानी ल्याएर सदरमुकाममा रहेको ट्याङकीमा खसालेर खानेपानीको वितरण गर्ने गरेका छौँ,’ उनले भने, ‘कहिलेकाहीँ टाढाबाट ल्याइएका पाइपमा समस्या आउँदा पनि खानेपानीको अभाव हुने गरेको छ।’

त्यस्तै, नेपाली कांग्रेसको भ्रातृ सङ्गठन नेपाल तरुण दल कालीकोटले सदरमुकामा भएको खानेपानी अभावलाई तत्काल समाधान गर्न आग्रह गरेको छ।   

प्रकाशित मिति: १४:०१ बजे, बिहीबार, माघ २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्