Kathmandu Press

छुट्टाछुट्टै सवारी दुर्घटनामा तीनजनाको मृत्यु

काठमाडौं, माघ २७ : मुलुकका विभिन्न भूभागमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा तीनजनाको मृत्यु भएको छ।झापाको बिर्तामोड नगरपालिका-६ बुट्टाबारीस्थित सडकमा मे।१ ज १९१८ नम्बरको म्याजिक...
छुट्टाछुट्टै सवारी दुर्घटनामा तीनजनाको मृत्यु


काठमाडौं, माघ २७ : मुलुकका विभिन्न भूभागमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा तीनजनाको मृत्यु भएको छ।

झापाको बिर्तामोड नगरपालिका-६ बुट्टाबारीस्थित सडकमा मे।१ ज १९१८ नम्बरको म्याजिक गाडीले प्र१–०१–०१३ प ७३२६ नम्बरको मोटरसाइकललाई बुधबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक अर्जुनधारा नगरपालिका–११ बस्ने ५४ वर्षीय दिलिप राजवंशीको मृत्यु भएको छ।

Hardik ivf

दुर्घटनामा गम्भीर घाइते भएका उनको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार बिर्तामोड नगरपालिका-४ बस्ने ४९ वर्षीय कृष्ण राजवंशीको सोही अस्पतालमा उपचार भइरहेको छ।

दुवै सवारी साधन र म्याजिक गाडीका चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। 

सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ घोकसिलास्थित सडकमा ना४ख ९९६८ नम्बरको बस पर्किङ गर्ने क्रममा बसले च्यापिएर सोही ठाउँ बस्ने १५ वर्षीय केशब मग्राती सार्कीको बुधबार राति घटनास्थलमै मृत्यु भएको छ। बस चालक फरार खोजी भइरहेको प्रहरीले जनाएको छ। 

रौतहटको गरुडा नगरपालिका–८ जिगडियास्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५२ वर्षीय पुरुषको बिहीबार बिहान मृत्यु भएको छ।

ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको लागि गौरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।  ठक्कर दिने सवारी साधन र चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ। 

प्रकाशित मिति: १३:५९ बजे, बिहीबार, माघ २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्