Kathmandu Press

बैतडीमा फागुन २२ गतेदेखि  मेयर कप क्रिकेट 

बैतडी, माघ २७ : पाँचौँ संस्करणको मेयर कप पुरुष टि ट्वान्टी क्रिकेट प्रतियोगिता सञ्चालन हुने भएको छ । दशरथचन्द नगरपालिका र नगर क्रिकेट समितिको...
बैतडीमा फागुन २२ गतेदेखि  मेयर कप क्रिकेट 

बैतडी, माघ २७ : पाँचौँ संस्करणको मेयर कप पुरुष टि ट्वान्टी क्रिकेट प्रतियोगिता सञ्चालन हुने भएको छ । दशरथचन्द नगरपालिका र नगर क्रिकेट समितिको संयुक्त  आयोजनामा हुने  प्रतियोगिता अगामी फागुन २२ गतेदेखि सञ्चालन हुने छ ।  

प्रतियोगितामा नगरपालिकाभित्रका ११  वडाको सहभागिता रहने समितिका संयोजक रमेश भट्टले जानकारी दिए । आइसिसीको नियमानुसार सञ्चालन हुने प्रतियोगितामा सहभागिता हुन चाहने टोलीले फागुन १८ सम्म दर्ता गराइसक्नुपर्नेछ । प्रतियोगिताको विजेता टोलीले ७५ हजार र उपविजेता टोलीले ५० हजार ट्रफी, मेडल र प्रमाणपत्र पाउने जनाइएको छ ।

नगरपालिकाको वार्षिक कार्यक्रमअनुसार हरेक वर्ष मेयर कप क्रिकेट प्रतियोगिता सञ्चालन हुँदै आएको दशरथचन्द नगर प्रमुख नरेन्द्रसिंह थापाले जानकारी दिए। प्रतियोगिताले क्रिकेटको विकासका साथै खेलाडी उत्पादनमा सहयोग मिल्ने विश्वास गरिएको छ।

यसैबीच उपमेयर कप महिला क्रिकेट प्रतियोगिता भने अगामी चैत २ गतेदेखि सञ्चालन हुने समितिले जनाएको छ । यसअघि गत वर्ष सम्पन्न चौथो संस्करणको मेयर कपको उपाधि वडा नं ५ दशरथचन्दलाई चार रनले स्तब्ध पार्दै वडा नं ४ खलङ्गाले हात पारेको थियो । यस्तै चौथो संस्करणको उपमेयर कप वडा नं २ देहिमाडौँलाई ९ विकेटले हराउँदै वडा नं ६ थालिगडाले जितेको थियो।

प्रकाशित मिति: १३:३० बजे, बिहीबार, माघ २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्