Kathmandu Press

काभ्रे कांग्रेसको सङ्गठन विस्तारमा हप्ते–अभियान

काभ्रेपलाञ्चोक, माघ २७ : नेपाली कांग्रेस काभ्रेपलाञ्चोकले आउँदो फागुन पहिलो साता वडास्तरमा सङ्गठन विस्तार अभियान सञ्चालन गर्ने भएको छ । फागुन १ देखि ७...
काभ्रे कांग्रेसको सङ्गठन विस्तारमा हप्ते–अभियान

काभ्रेपलाञ्चोक, माघ २७ : नेपाली कांग्रेस काभ्रेपलाञ्चोकले आउँदो फागुन पहिलो साता वडास्तरमा सङ्गठन विस्तार अभियान सञ्चालन गर्ने भएको छ । फागुन १ देखि ७ गतेसम्म सङ्गठन विस्तार अभियान सञ्चालन गरिने पार्टीले हालै निर्णय गरेको हो । 

नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले वडास्तरमा भ्रातृ सङ्गठन विस्तार र सदस्यता वितरण गरिने निर्णय भएको पार्टी जिल्ला सचिव गुणराज मोक्तानले बताए। उनका अनुसार भ्रातृ सङ्गठन विस्तारसँगै सबै वडामा पार्टीको टोल समितिसमेत गठन गरिनेछ । काभ्रेपलाञ्चोकको छ नगरपालिका र सात गाउँपालिकामा १३५ वडा छन्। 

Hardik ivf

पार्टी सङ्गठनलाई सुदृढ एवं चलायमान बनाउने अभियानअन्तर्गत नै आउँदो शनिबार जिल्लास्थित पालिका सभापति र वडा सभापतिका लागि एक दिवसीय प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको छ । मोक्तानका अनुसार प्रशिक्षणमा सम्बन्धित वडाबाट गाउँ–नगर कार्य समिति, प्रदेश तथा क्षेत्रीय समिति, प्रतिनिधिसभा क्षेत्रीय समिति, महाधिवेशन प्रतिनिधि, जिल्ला एवं प्रदेश कार्यसमितिमा प्रतिनिधित्व गर्ने पदाधिकारी, सदस्य एवं प्रतिनिधिलाई सहभागी गराइनेछ।

पार्टीको आठौँ जिल्ला अधिवेशनअन्तर्गत गत असोज पहिलो साता वडा अधिवेशन, दास्रो साता स्थानीय तह अधिवेशन, मङ्सिर पहिलो साता प्रदेश क्षेत्रीय अधिवेशन र दोस्रो साता प्रतिनिधिसभा क्षेत्र तथा जिल्ला अधिवेशन सम्पन्न भएको थियो।

प्रकाशित मिति: १३:२६ बजे, बिहीबार, माघ २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्