Kathmandu Press

मानव बेचबिखन मुद्दाका फरार प्रतिवादी २० वर्षपछि पक्राउ

सिन्धुपाल्चोक, माघ २७ : मानव बेचबिखन तथा ओसारपसार मुद्दाका फरार प्रतिवादीलाई २० वर्षपछि प्रहरीले पक्राउ गरेको छ।पक्राउ पर्नेमा सिन्धुपाल्चोक जिल्ला साबिक कुविण्डे गाविस–६ का...
मानव बेचबिखन मुद्दाका फरार प्रतिवादी २० वर्षपछि पक्राउ

सिन्धुपाल्चोक, माघ २७ : मानव बेचबिखन तथा ओसारपसार मुद्दाका फरार प्रतिवादीलाई २० वर्षपछि प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक जिल्ला साबिक कुविण्डे गाविस–६ का हाल चौतारा साँगाचोकगढी नगरपालिका–४ बस्ने ५० वर्षीय चोपनाथ नेपाल छन्।

उनलाई लुकीछिपी कुविण्डे क्षेत्रमा बसेका छन् भन्ने सूचनाका आधारमा बुधबार बेलुका ७ बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कुमार बस्नेतले जानकारी दिए।

मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालतको २०५८ पुस १६ गतेको फैसलाले नेपाललाई एक वर्ष ६ महिना कैद सजाय तोकेको थियो।
 
जिल्ला अदालतको बुधबार २६ गतेको आदेशले निजलाई लागेको कैद सजाय असुलका लागि बुधबार नै कारागार कार्यालय चौतारा चलान गरेको प्रनाउ बस्नेतले बताए।

प्रकाशित मिति: १३:२५ बजे, बिहीबार, माघ २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्