Kathmandu Press

यसरी गरिँदैछ इन्द्रध्वज पतन (फोटो फिचर)

काठमाडौं, भदौ ३१ : आठ दिनसम्म काठमाडौंमा मनाइने इन्द्रजात्राको अन्तिम दिन।  बुधबार बिहान लिंगो ढालेपछि इन्द्रजात्रा सकिने छ। यो पटक लिंगो ढाल्ने ....

यसरी गरिँदैछ इन्द्रध्वज पतन (फोटो फिचर)
रिवाज राई

काठमाडौं, भदौ ३१ : आठ दिनसम्म काठमाडौंमा मनाइने इन्द्रजात्राको अन्तिम दिन।  बुधबार बिहान लिंगो ढालेपछि इन्द्रजात्रा सकिने छ। यो पटक लिंगो ढाल्ने साइत बुधबार बिहान ५ बजेर ३५ मिनेट जाँदा छ।

इन्द्रजात्रामा नानिचाःयाको रातमा लिंगो ढाल्ने प्रचलन छ। लिंगो ढाल्नुअघि महिलाहरुले मात्रै रथ तान्छन्। आठ वर्षअघिदेखि यो दिन महिलाहरूले रथ तान्ने चलन बसेको हो।

यट्खा, नरदेवी, किलागल, भेडासिं, इन्द्रचोक, मखन हुँदै हनुमानढोकासम्म रथ तानेपछि लिंगो ढालिन्छ। ढालिएको लिंगो टेकु दोभान पुर्‍याएपछि इन्द्रजात्रा विधिवत रूपमा समापन हुन्छ।  

भक्तपुर नालाबाट ल्याइएको लिंगो भदौ २४ हनुमानढोकामा साइतअनुसार ९ बजेर १७ मिनेटमा ठ्डयाएसँगै इन्द्रजात्रा सुरू भएको थियो।


 

प्रकाशित मिति: २२:४३ बजे, मंगलबार, भदौ ३१, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्