Kathmandu Press

इंग्लिस प्रिमियर लिग : ब्रेन्टफोर्डमाथि सिटीको सहज जित 

काठमाडौं, माघ १४ : इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले जित निकालेको छ। गएराति भएको खेलमा सिटीले ब्रेन्टफोर्डमाथि २–० गोलको जित निकालेको हो। सिटीको जितमा...
इंग्लिस प्रिमियर लिग : ब्रेन्टफोर्डमाथि सिटीको सहज जित 

काठमाडौं, माघ १४ : इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले जित निकालेको छ। गएराति भएको खेलमा सिटीले ब्रेन्टफोर्डमाथि २–० गोलको जित निकालेको हो। 

सिटीको जितमा  रियाद महरेज र केभिन डी ब्रुएनाले एकएक गोल गरे। खेलको ४० औं मिनेटमा महरेजले सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए। त्यसपछि ६९ औं मिनेटमा ब्रुएनले गोल गर्दै सिटीलाई २–० को जित दिलाए ।

जितसँगै शीर्षस्थानको सिटीले लिगमा लिभरपुलसँग १२ अंकको अग्रता बनाएको छ ।

सिटीले २४ खेलमा ६० अंक जोडेको छ । दोस्रो स्थानको लिभरपुलको ४८ अंक रहेको छ। ब्रेन्टफोर्ड २३ अंक जोडेर १४ औं स्थानमा रहेको छ।

प्रकाशित मिति: १०:५८ बजे, बिहीबार, माघ २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्