Kathmandu Press

परराष्ट्रमन्त्री ज्ञवालीले भने– लगानीको वातावरण बनेको छ, लगानी गर्नुस्

काठमाडौं, भदौ ३१ : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालमा अहिले वैदेशिक लगानीका लागि उपयुक्त वातावरण रहेको बताएका छन्। 

पू....

परराष्ट्रमन्त्री ज्ञवालीले भने– लगानीको वातावरण बनेको छ, लगानी गर्नुस्

काठमाडौं, भदौ ३१ : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालमा अहिले वैदेशिक लगानीका लागि उपयुक्त वातावरण रहेको बताएका छन्। 

पूर्व सांसद मञ्चले मंगलबार काठमाडौंमा गरेको  ‘विश्व अवस्था र भविष्यको नेपाल’ विषयक कार्यशालामा उनले लगानीमैत्री कानून, उपयुक्त भू–बनावट र सहजरूपमा श्रमिक उपलब्धताले नेपालमा लगानी गर्न सुवर्ण अवसर प्रदान गरेको बताएका हुन्।

परराष्ट्रमन्त्री ज्ञवालीले भने,‘विश्वको दोस्रो र छैटौँ ठूलो अर्थतन्त्र भएका चीन र भारत छिमेकमा रहेको हुँदा लगानीकर्ताका लागि बजारको कुनै समस्या छैन। नेपालमा लगानी गरेर पर्याप्त मुनाफा आर्जन गर्नसक्ने वातावरणसमेत सिर्जना भएको छ, शान्ति र समृद्ध नेपाल छिमेकी देशका लागि पनि हितमा छ।’

लगानी बोर्डका कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले नेपालमा वैदेशिक लगानीका क्षेत्र र लगानीको अवस्थाबारेमा जानकारी दिए। 

प्रकाशित मिति: २०:०८ बजे, मंगलबार, भदौ ३१, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्