एसी मिलान कोपा इटालिया फुटबलको सेमिफाइलनमा
काठमाडौं, माघ २७ : एसी मिलान कोपा इटालिया फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।गएराति भएको खेलमा लाजियोलाई ४–० गोल अन्तरले हराउँदै मिलान अन्तिम चारमा...
काठमाडौं, माघ २७ : एसी मिलान कोपा इटालिया फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
गएराति भएको खेलमा लाजियोलाई ४–० गोल अन्तरले हराउँदै मिलान अन्तिम चारमा प्रवेश गरेको हो ।
मिलानको जितमा ओलिभर जिराउडले दुई गोल तथा राफेल लियो र फ्रान्क केस्सीले एकएक गोल गरे। खेलको २४ औं मिनेटमा राफेल लियोले टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए।
त्यसपछि ४१ औं मिनेटमा जिराउडले गोल गर्दै मिलानलाई २–० को अग्रता दिलाए । पहिलो हाफको इन्जुरी समयमा जिराउडले व्यक्तिगत दोस्रो गोल गर्दै मिलानलाई ३–० को अग्रता दिलाए ।
त्यसपछि खेलको ७९ औं मिनेटमा फ्रान्क केस्सीले गोल गर्दै मिलानलाई ४–० को फराकिलो जित दिलाए।
प्रकाशित मिति: १०:५० बजे, बिहीबार, माघ २७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











