इंग्लिस प्रिमियर लिग : टोटनह्याम घरेलु मैदानमै पराजित
काठमाडौं, माघ २७ : इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनह्याम पराजित भएको छ। गएराति भएको खेलमा टोटनह्याम घरेलु मैदानमै साउथह्याम्पटनसँग ३–२ गोलअन्तरले पराजित भएको हो। साउथह्याम्पटनका...
काठमाडौं, माघ २७ : इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनह्याम पराजित भएको छ। गएराति भएको खेलमा टोटनह्याम घरेलु मैदानमै साउथह्याम्पटनसँग ३–२ गोलअन्तरले पराजित भएको हो।
साउथह्याम्पटनका बेडनारेकको आत्मघाती गोलबाट टोटेनहमले सुरुआती अग्रता बनाएको थियो। तर, २३ औं मिनेटमा अर्मान्डो ब्रोजाले गोल गर्दै साउथह्याम्पटनलाई १–१ को बराबरीमा फर्काए ।
खेलको ७० औं मिनेटमा सन ह्युङ मिनले गोल गर्दै टोटेनहमलाई २–१ को स्थितिमा ल्याए । ७९ औं मिनेटमा मोहमेदले गोल गरेपछि साउथह्याम्पटन २–२ को बराबरीमा आइपुगेको थियो।
लगत्तै खेलको ८२ औं मिनेटमा चे एडम्सले गोल गर्दै साउथह्याम्पटनलाई ३–२ को जित दिलाए । जितपछि दशौँ स्थानको साउथह्याम्पटनले २३ खेलमा २८ अंक जोडेको छ।
टोटेनहम २१ खेलमा ३६ अंक जोडेर सातौं स्थानमा रहेको छ ।
प्रकाशित मिति: १०:४१ बजे, बिहीबार, माघ २७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











