चेल्सी फिफा क्लब विश्वकप फुटबलको फाइनलमा
काठमाडौं, माघ २७ : चेल्सी फिफा क्लब विश्वकप फुटबलको फाइनल प्रवेश गरेको छ। बुधबार राति भएको खेलमा साउदी अरेबियाको अल हिलाललाई १–० गोलले पराजित गर्दै...
काठमाडौं, माघ २७ : चेल्सी फिफा क्लब विश्वकप फुटबलको फाइनल प्रवेश गरेको छ।
बुधबार राति भएको खेलमा साउदी अरेबियाको अल हिलाललाई १–० गोलले पराजित गर्दै चेल्सी फाइनल प्रवेश गरेको हो।
चेल्सीको जितमा रोमेलु लुकाकुले निर्णायक गोल गरे। उनले खेलको ३२ औं मिनेटमा गरेको गोल नै निर्णायक साबित भयो।
अब चेल्सीले उपाधिका लागि ब्राजिलियन क्लब पाल्मिरस क्लबसँग प्रतिस्पर्धा गर्नेछ।
इजिप्टको अल अह्लीलाई २० गोल अन्तरले हराएर पाल्मिरस यसअघि नै फाइनल प्रवेश गरिसकेको छ। क्लब विश्वकपको फाइनल खेल शनिबार हुनेछ ।
प्रकाशित मिति: १०:३२ बजे, बिहीबार, माघ २७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











