Kathmandu Press

संस्कृतिविद् जोशीको स्वास्थ्य अवस्थाबारे स्वास्थ्यमन्त्रीले लिए जानकारी

काठमाडौं, माघ २७ : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले संस्कृतिविद् सत्यमोहन जोशीको स्वास्थ्य अवस्थाबारेमा जानकारी लिएका छन्।ललितपुरको इमाडोलस्थित किस्ट मेडिकल कलेज तथा शिक्षण...
संस्कृतिविद् जोशीको स्वास्थ्य अवस्थाबारे स्वास्थ्यमन्त्रीले लिए जानकारी

काठमाडौं, माघ २७ : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले संस्कृतिविद् सत्यमोहन जोशीको स्वास्थ्य अवस्थाबारेमा जानकारी लिएका छन्।

ललितपुरको इमाडोलस्थित किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा पुगेर स्वास्थ्यमन्त्री खतिवडाले जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्। संस्कृतिविद् जोशी मंगलबारदेखि किस्ट अस्पतालमा उपचार गराइरहेका छन्।

मन्त्री खतिवडाले जोशीको उपचारमा कुनै कसर बाँकी नराख्न अस्पताल प्रशासनलाई निर्देशन दिए। संस्कृतिविद् जोशी जिउँदो इतिहास भएको उल्लेख गर्दै मन्त्री खतिवडाले शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका छन्।

छाती दुखेपछि जोशीलाई यही माघ २५ गते अस्पतालमा भर्ना गरिएको थियो। उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ।

प्रकाशित मिति: ०८:४९ बजे, बिहीबार, माघ २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्