कालीगण्डकी करिडोर ६ घण्टा बन्द हुने
मुस्ताङ, माघ २७ : कालीगण्डकी करिडोर दैनिक ६ घण्टा बन्द हुने भएको छ।करिडोरअन्तर्गत बेनी–जोमसोम खण्ड रहेको मुस्ताङको थासाङ गाउँपालिकामा सडक चक्लाबन्दी गर्न लागिएकाले....jpg)
मुस्ताङ, माघ २७ : कालीगण्डकी करिडोर दैनिक ६ घण्टा बन्द हुने भएको छ।
करिडोरअन्तर्गत बेनी–जोमसोम खण्ड रहेको मुस्ताङको थासाङ गाउँपालिकामा सडक चक्लाबन्दी गर्न लागिएकाले दैनिक ६ घण्टा बन्द गर्ने निर्णय भएको मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र ढकालले बताए। जिल्ला सुरक्षा समितिको निर्णयले आगामी फागुन १ देखि १५ गतेसम्म दैनिक बन्द गर्ने निर्णय गरेको हो।
थासाङ गाउँपालिका–४ मा रहेका काभ्रे र बादरजुङ भीरको कडा चट्टानलाई नेपाली सेनाले विस्फोटक पदार्थको प्रयोग गरी सडक चौडा पार्दै छ। त्यसका लागि बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सडक अवरुद्ध हुने उनले बताए।
फागुन १ देखि १५ गतेसम्म विस्फोटक पदार्थको प्रयोग गरेर काभ्रे र बादरजुङको कडा चट्टान फुटाइने भएको छ। त्यो अवधिमा सडक अवरुद्ध हुने भएको हो।
प्रकाशित मिति: ०७:५१ बजे, बिहीबार, माघ २७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












