Kathmandu Press

स्रोत नखुलेको ६९ लाख नगदसहित एक युवक पक्राउ

काठमाडौं, माघ २७ : नेपाल प्रहरीले स्रोत नखुलेको ६९ लाख ९९ हजार नगदसहित एक युवकलाई पक्राउ गरेको छ।महानगरीय प्रहरी कार्यालय रानीपोखरी तथा महानगरीय...
स्रोत नखुलेको ६९ लाख नगदसहित एक युवक पक्राउ

काठमाडौं, माघ २७ : नेपाल प्रहरीले स्रोत नखुलेको ६९ लाख ९९ हजार नगदसहित एक युवकलाई पक्राउ गरेको छ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरी तथा महानगरीय प्रहरी वृत्त बालाजुको टोलीले काठमाडौं महानगरपालिका–१६ बाइपासस्थित ओरालो बाटोमा स्रोत नखुलेको ६९ लाख ९९ हजार नगदसहित नुवाकोटको ककनी गाउँपालिका–३ चाउथेका २९ वर्षीय नवराज ढुङ्गानालाई पक्राउ गरेको हो।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेशराज मैनालीले कालो रङ्गको झोलाभित्र नगद बोकेर हिँडिरहेको अवस्थामा नवराजलाई पक्राउ गरिएको जानकारी दिए।

पक्राउ परेका नवराजसँग प्रहरीले एक हजारका दरको पाँच हजार ७३४ नोट, रु ५०० दरको दुई हजार ५३० नोट, ल्यापटप ब्याग एक थान र साइड ब्याग एक थान बरामद गरेको छ। उनलाई आवश्यक अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग, हरिहरभवन पुल्चोक ललितपुर पठाइएको प्रवक्ता मैनालीले बताए।

प्रकाशित मिति: ०७:१६ बजे, बिहीबार, माघ २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्