Kathmandu Press

नेपाल–भारत सीमा तीन दिन बन्द हुने

काठमाडाैं, माघ २६ : भारतको उत्तराखण्डमा हुने विधान सभा चुनावकाे लागि नेपाल–भारत सीमा तीन दिन बन्द हुने भएकाे छ।१४ फेब्रुअरीमा हुने विधान सभा...
नेपाल–भारत सीमा तीन दिन बन्द हुने

काठमाडाैं, माघ २६ : भारतको उत्तराखण्डमा हुने विधान सभा चुनावकाे लागि नेपाल–भारत सीमा तीन दिन बन्द हुने भएकाे छ।

१४ फेब्रुअरीमा हुने विधान सभा चुनावका लागि माघ २९ गते बेलुका ५ बजेदेखि फागुन ३ गते बिहान ७ बजेसम्म सीमानाका बन्द हुने भएकाे हाे।

Hardik ivf

दार्चुलामा नेपाल–भारत जोड्ने लाली, जोलजिवी, दत्तु, खलंगा, तिग्रम र सीतापुल गरी ६ वटा सीमा पुल छन्। सीमा पुलबाहेक लेकम क्षेत्रमा महाकाली नदीमाथि ट्युब र व्यास क्षेत्रमा तुइनको प्रयोग गरी नेपाल–भारत आवतजावत गर्ने गरिएको छ।

सीमापुलहरू दैनिक बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म गरी १२ घण्टासम्म नेपाल–भारत आवत जावतका लागि खुला हुन्छ। राति अत्यावश्यक कामका लागि मात्रै खोल्ने गरिएको छ।

चुनावको समयमा १२ फेब्रुअरी बेलुकादेखि १५ फेब्रुअरी बिहानसम्म सीमानाका बन्द गरिने भारतीय प्रशासनबाट अनौपचारी जानकारी आएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएकाे छ।
 

प्रकाशित मिति: १९:५९ बजे, बुधबार, माघ २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्