नेकपाका प्रवक्ता श्रेष्ठ भन्छन्- नागरिकतालाई राजनीतिक स्वार्थ र भोटको विषय नबनाऔं
काठमाडौं, भदौ ३१ : सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले नागरिकता जस्तो संवेदनशील विषयलाई राजनीतिक ....
काठमाडौं, भदौ ३१ : सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले नागरिकता जस्तो संवेदनशील विषयलाई राजनीतिक स्वार्थ र भोटको विषय बनाउन नहुने बताएका छन्।
मंगलबार ट्वीटमा ट्वीट गर्दै प्रवक्ता श्रेष्ठले नागरिकताको विषयलाई राजनीतक स्वार्थ र भोटको विषय बनाउन नहुने बताएका हुन्। उनले नागरिकता खेलवाडको विषय नभएकाले गम्भीर भएर निर्णय लिनु पर्ने बताए।
‘नागरिकता जस्तो संवेदनशील विषयलाई राजनीतिक स्वार्थ र भोटको विषय नबनाऔं। कति खेलवाड गर्ने? कृपया गम्भीर बनौं,’ उनले भनेका छन्।
प्रवक्ता श्रेष्ठले नागरिकता विधेयकलाई छिटो निष्कर्षमा पुर्याउनु पर्ने बताएका छन्। नागरिकताबारेको विवाद समाधानका लागि राष्ट्रिय हित र नागरिकको अधिकार केन्द्रीत विवेकको प्रयोग गरेर निर्णय लिनु पर्ने उनको भनाइ छ।
‘नागरिकता विधेयक संसदमा रहेको लामो समय भयो। त्यसलाई छिटो निष्कर्षमा पुर्याउनु पर्छ। तर त्यसका लागि राष्ट्रिय हित र नागरिकको अधिकार केन्द्रित विवेकको प्रयोग गरेर निर्णय लिनुपर्छ,’ उनले भनेका छन्।
नागरिकता बिधेयक संसदमा रहेको लामो समय भयो।त्यसलाई छिटो निष्कर्षमा पुर्याउनु पर्छ।तर त्यसको लागि राष्टिृय हित र नागरिकको अधिकार केन्दृत बिवेकको प्रयोग गरेर निर्णय लिनुपर्छ।नागरिकता जस्तो सम्बेदनशील बिषयलाई 'राजनीतिक स्वार्थ' र भोटको बिषय नबनाऔं।कति खेलवाड गर्ने?कृपया गम्भीर बनौं।
— NKShresthaPrakash (@nksthaprakash) September 17, 2019






