एक सातादेखि हराइरहेका युवक गोकर्णेश्वरस्थित वाग्मती किनारमा मृत
काठमाडौं, माघ २६ : एक सातादेखि हराइरहेका एक युवक आज (बुधबार) वाग्मती किनारमा मृत भेटिएका छन्।उनको शव काठमाडौंको गोकर्णेश्वर नगरपालिकास्थित वाग्ग्मती किनारमा भेटिएको...
काठमाडौं, माघ २६ : एक सातादेखि हराइरहेका एक युवक आज (बुधबार) वाग्मती किनारमा मृत भेटिएका छन्।
उनको शव काठमाडौंको गोकर्णेश्वर नगरपालिकास्थित वाग्ग्मती किनारमा भेटिएको काठमाडौं प्रहरी परिसरले जनाएको छ।
मृत युवक गोकर्णेश्वरकै २७ वर्षीय शिशिर भण्डारी रहेको प्रहरीले जनाएको छ। उनी यही माघ २० गतेदेखि सम्पर्कविहनि थिए। उनको खोजतलासका लागि महानगरीय प्रहरी वृत्त बौद्धमा उजुरी परेको थियो।
प्रहरी परिसर काठमाडौं र अपराध महाशाखाको टोली घटनास्थल पुगेर अनुसन्धान थालेको जनाइएको छ।
प्रकाशित मिति: १७:४५ बजे, बुधबार, माघ २६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![बाढीपछिकाे त्रिशूली बजार [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1788005266.jpg)
