Kathmandu Press

चार दिनदेखि बैपत्ता डडेल्धुराका किशोर डोटीमा मृत फेला

डोटी, माघ २६ : डोटीमा आज (बुधबार) एक किशोर मृत भेटिएका छन्।डडेल्धुराको आलिताल गाउँपालिका-१ भुसु बस्ने भानुनाथ नाम गरेका १६ वर्षीय ती किशोर डोटीको...
चार दिनदेखि बैपत्ता डडेल्धुराका किशोर डोटीमा मृत फेला

डोटी, माघ २६ : डोटीमा आज (बुधबार) एक किशोर मृत भेटिएका छन्।

डडेल्धुराको आलिताल गाउँपालिका-१ भुसु बस्ने भानुनाथ नाम गरेका १६ वर्षीय ती किशोर डोटीको जोरायल गाउँपालिका–१ गोगनपानीमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

प्रहरीका अनुसार विवाहमा गएका उनी आइतबारदेखि सम्पर्कविहीन थिए।  प्रहरीको टोली घटनास्थलतर्फ गइसकेको जिल्ला प्रहरी कार्यालय डोटीका सहप्रबक्ता रबिन्द्र चन्दले जानकारी दिए ।

सो घटनाको विरोधमा स्थानीयले भीमदत्त राजमार्ग अवरुद्ध पारेका छन्। 

प्रकाशित मिति: १६:४७ बजे, बुधबार, माघ २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्