विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा तीनजनाको मृत्यु
काठमाडौं, माघ २६ : विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा तीनजनाको मृत्यु भएको छ। काठमाडौंको टोखा नगरपालिका–६ धापासीस्थित सडकमा खेल्दै गरेका क्रममा घाइते भएका बा१७च...
काठमाडौं, माघ २६ : विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा तीनजनाको मृत्यु भएको छ।
काठमाडौंको टोखा नगरपालिका–६ धापासीस्थित सडकमा खेल्दै गरेका क्रममा घाइते भएका बा१७च ५०२२ नम्बरको कारको ठक्करबाट अन्दाजी ३ वर्षीय श्रीयन पाण्डेको मंगलबार राति मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको ग्राण्डी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। कारचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
सुनसरीको कोशी गाउँपालिका–६ स्थित सडकमा सवारी दुर्घटनामा परी सप्तरी हनुमाननगर कंकालिनी नगरपालिका–५ बस्ने ५० वर्षीय दिलिप मण्डलको मृत्यु भएको छ । उनी सवार प्र२–०१–००१ च ००३१ नम्बरको स्कारपियो सडकमा रोकी राखेको बीआर ०१ जीए ४४८३ नम्बरको ट्रकमा ठक्कर खाई ना७ख ५८३ नम्बरको ट्रकमा समेत ठोक्किएर दुर्घटना हुँदा गम्भीर घाइते भएका दिलिपको जिल्ला अस्पताल ईनरुवामा उपचारको क्रममा मृत्यु भएको हो।
साथै दुर्घटनामा घाइते भएका स्कारपियोमा सवार अन्य पाँचजनाको सोही अस्पतालमा उपचार भइरहेको छ। दुवै ट्रकका चालकलाई नियन्त्रणमा लिनुका साथै हाल फरार स्कारपियो चालकको प्रहरीले खोजी गरिरहेको छ।
कास्कीको पोखरा महानगरपालिका–२५ हेम्जा भोटेक्याम्पस्थित सडकमा ग१ज ५०५६ नम्बरको जिप र ग६प ८८०२ नम्बरको मटरसाइकल आपसमा ठोक्किएर मंगलबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही महानगरपालिका–५ प्रस्याङ धारापानी मार्ग बस्न अन्नपूर्ण गाउँपालिका–१० धान्द्रुक घर भएका २६ वर्षीय दिपक नेपालीको मृत्यु भएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको मणिपाल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार सोही महानगरपालिका–१ बगर बस्ने गुल्मी घर भएका २२ वर्षीय सुनिल नेपालीको फिस्टेल अस्पतालमा उपचार भइरहेको छ। जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।












