Kathmandu Press

सुुकिलुम्बामा नेपाल वायुसेवा निगमको परीक्षण उडान

मङ्गलबारे, माघ २६ : इलाम नगरपालिका–९ सेरास्थित फाल्गुनन्द सुकिलुम्बा विमास्थलमा नेपाल वायुसेवा निगमले परीक्षण उडान गरेको छ।निगमले काठमाडौंबाट फाल्गुनन्द सुकिलुम्बा विमास्थलमा नियमित हवाई सेवा...
सुुकिलुम्बामा नेपाल वायुसेवा निगमको परीक्षण उडान
फाइल तस्बिर

मङ्गलबारे, माघ २६ : इलाम नगरपालिका–९ सेरास्थित फाल्गुनन्द सुकिलुम्बा विमास्थलमा नेपाल वायुसेवा निगमले परीक्षण उडान गरेको छ।

निगमले काठमाडौंबाट फाल्गुनन्द सुकिलुम्बा विमास्थलमा नियमित हवाई सेवा दिने उद्देश्यका साथ परीक्षण उडान गरिएको हो । फाल्गुनन्द सुकिलुम्बा विमास्थलमा निगमको परीक्षण उडान सफल पनि भएको छ । काठमाडौंदेखि इलामका लागि भएकोे पहिलो उडान सफल भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका इञ्जिनीयर विनायक भट्टराईले बताए।

Hardik ivf

विमानस्थलको धावनमार्ग कालोपत्र भएपछि परीक्षण उडान गरिएको हो । यसअघि धावनमार्ग पक्की नभइ तारा एयरले २०७५ सालमा परीक्षण उडान गरेको थियो । अब आगामी फागुन ८ गतेदेखि व्यावसायिक उडान सुरु हुने बताइएको छ । प्राधिकरणका इञ्जिनीयर भट्टराईले मौसमले राम्रो साथ दिएको पनि बताए। उनका अनुसार सुकिलुम्बा विमानस्थलको धावन मार्ग पक्की भएपछि आज परीक्षण उडान गरिएको हो । त्रिभुवन अन्तर्राष्टिय विमानस्थल काठमाडौंबाट सुकिलुम्बा विमानस्थलमा जहाजलाई अवतरण गर्न करिब ५५ मिनेट समय लागेको उनको भनाइ छ । 

निगमको तर्फबाट क्याप्टेन पेम्बा शेर्पा र रक्सित मल्लललगायतको प्राविधिक टोलीले यस विमानस्थलमा सफल उडान गराउनु भएको बताइएको छ । ७०० मिटर लम्बाइ र ६० मिटर चौडाइको धावनमार्गसहित विमानस्थलको शिलान्यास २०६८ सालमा भएको थियो । 

समुद्र सतहबाट एक हजार १५० मिटर उचाइमा रहेको यो विमानस्थलमा प्रायः घाम लागिरहने भएकाले जहाज उडानका लागि उपयुक्त भएको बताइएको छ । यो विमानस्थलबाट जहाज उडान सञ्चालनमा आएपछि पूर्वी पहाडी जिल्ला र सीमापारी भारतको दार्जिलिङ, सिक्किमलगायतका बासिन्दाका लागि सहज हुने विश्वास लिइएको छ। तारा एयरले आगामी फागुन ८ गतेदेखि व्यावसायिक उडान गर्ने सम्बन्धमा इलाम नगरपालिकासँग सम्झौतासमेत गरिसकेको छ। 

प्रकाशित मिति: १६:२१ बजे, बुधबार, माघ २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्