रातारात कमाउने सपनाले सहकारीमा विकृति भित्रियो: मन्त्री अर्याल
काठमाडौं, भदौ ३१ : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सहकारी सिद्धान्त, मर्म विपरीत रातारात सहकारीले कमाउने सपना....

काठमाडौं, भदौ ३१ : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सहकारी सिद्धान्त, मर्म विपरीत रातारात सहकारीले कमाउने सपना देखेपछि सहकारीमा विकृति आएको बताएकी छिन्।
साझा भण्डार सहकारी संस्था लिमिटेडको १३ औं वार्षिक साधारणसभाको मंगलबार काठमाडौंमा उद्घाटन गर्दै मन्त्री अर्यालले सहकारीमा देखिएको विकृतिलाई रोक्नु पर्ने बताइन्।
उनले सबै सहकारीलाई आफ्नो डेटा 'कोपोमिस' प्रणालीमा दर्ता गराएर सिस्टममा आउन आग्रह गरिन्। सहकारीमा बचत गरेको रकम राखेर फाइदा नहुने भन्दै उनले त्यसलाई परिचालन गरेमा मात्रै फाइदा हुने बताइन्।
'सहकारीमा जम्मा गरेको पैसा पोको पारेर राखेर त्यसले फाइदा गर्दैन। त्यसलाई उत्पादनमा लगाएर फाइदा हुन्छ। शेयर सदस्यको हितमा काम गर्नुस्', उनले भनिन्। सहकारी संस्थामार्फत लगानीको निम्ति बाधक हुन्छ भनेपछि कानुन संशोधन गरेर जाने कुरामा सरकार अगाडि बढेको समेत मन्त्री अर्यालले बताइन्।
अब सहकारी संस्थाका सञ्चालकहरू पनि टीका लगाएर नभएर क्षमताका आधारमा प्रतिस्पर्धात्मक ढंगबाट निर्वाचित हुने प्रणालीको विकास गरिएको मन्त्री अर्यालले बताइन्।











-1784808429.png)