Kathmandu Press

लागूऔषधसहित एकजना पक्राउ, ४१ किलो गाँजा बरामद

काठमाडौं, माघ २६ : कास्कीको पोखरा महानगरपालिका–२७ बगदी खोला भन्ने स्थानबाट नियन्त्रित लागूऔषध ४७ एम्पुल फेनरागन, ४७ एम्पुल नुफिन र  ४७ एम्पुल डाईजोपाम सहित...
लागूऔषधसहित एकजना पक्राउ, ४१ किलो गाँजा बरामद

काठमाडौं, माघ २६ : कास्कीको पोखरा महानगरपालिका–२७ बगदी खोला भन्ने स्थानबाट नियन्त्रित लागूऔषध ४७ एम्पुल फेनरागन, ४७ एम्पुल नुफिन र  ४७ एम्पुल डाईजोपाम सहित सोही महानगरपालिका-१७ कुमाल गाउँ बस्ने २७ वर्षीय सरोज कुमाललाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय सिसुवाबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो।

महोत्तरी, जलेश्वर नगरपालिका–८ फुलहट्टा बस्ने राधेश्याम सिंहको जग्गामा रहेको परालको कुनिउमा लुकाइराखेको करिब ४१ किलो गाँजा प्रहरीले मंगलबार राति बरामद गरेको छ। उक्त स्थानमा लागूऔषध लुकाइराखेको भन्ने विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको प्रहरीले कुनिउभित्र ५ वटा बोरामा प्लाष्टिकको झोलाले प्याक गरेको अवस्थामा उक्त परिमाणको लागूऔषध फेला पारी बरामद गरेको हो। 

यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १५:५५ बजे, बुधबार, माघ २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्