माग पूरा नभए तेस्रो चरणको आन्दोलन गर्ने वन उपभोक्ता महासंघको चेतावनी
काठमाडाैं, माघ २६ : सामुदायिक वन उपभोक्ता महासंघ नेपालले माघ २८ गतेसम्म आफूहरुको माग पूरा नभए तेस्रो चरणको आन्दोलन गर्ने चेतावनी दिएको छ।सामुदायिक...
काठमाडाैं, माघ २६ : सामुदायिक वन उपभोक्ता महासंघ नेपालले माघ २८ गतेसम्म आफूहरुको माग पूरा नभए तेस्रो चरणको आन्दोलन गर्ने चेतावनी दिएको छ।
सामुदायिक वनका काठलगायत वन पैदावारको परिचालनमा लगाइएको सबैखाले प्रतिबन्धहरु हटाउनुपर्नेलगायत माग गर्दै निरन्तर वन परिसरमा विरोध प्रदर्शन गर्दै आएको महासंघले आफूहरूको माग पूरा नभए तेस्राे चरणको आन्दोलन सुरु गर्ने चेतावनी दिएको हो।
माघ २८ गतेसम्म परिसरमा विरोध प्रदर्शन गर्ने र आफूहरुको माग पुरा नभए अर्को चरणको आन्दोलन गर्ने महासंघको भनाइ छ।
महासंघले वन ऐन २०७६ सँग बाझिएका केही निर्देशिका तथा कार्यविधि खारेज गर्नुपर्ने भन्दै सामुदायिक वनका काठलगायत वन पैदावारको परिचालनमा लगाइएको सवै खाले प्रतिबन्ध तत्काल हटाउन माग गरेको छ।
त्यस्तै महासंघले चुरे वातावरण संरक्षण क्षेत्र खारेज गरी सामुदायिक वनका माध्यमबाट नै चुरे संरक्षण गर्ने वातावरण सिर्जना गर्न पनि माग गरेको छ।












