’ए’ डिभिजन लिग : च्यासलविरुद्ध पुलिसको जित
काठमाडाैं, माघ २६ : विभागीय टोली नेपाल पुलिस क्लबले सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा जित निकालेको छ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा...
काठमाडाैं, माघ २६ : विभागीय टोली नेपाल पुलिस क्लबले सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा जित निकालेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा पुलिसले च्यासल युथ क्लबलाई २–१ गोल अन्तरले हराएको हो। पुलिसलाई जित दिलाउन रबि शंकर पासवानले दुई गोल गरे।
च्यासलका मौसा अबागानाले एक गोल फर्काए। खेलको ३७औं मिनेटमा मिडफिल्डर पासवानले गोल गर्दै पुलिसलाई सुरुआती अग्रता दिलाएका थिए। तर, खेलको ५२ औं मिनेटमा मौसाले पेनाल्टीमा गोल गर्दै च्यासललाई १–१ गोलको बराबरीमा ल्याएका थिए।
खेलको ७०औं मिनेटमा पासवानले व्यक्तिगत दोस्रो गोल गर्दै पुलिसलाई २–१ को जित दिलाए। यो जितसँगै पुलिसले ९ खेलमा १० अंक जोडेको छ। पुलिस लिगको दसौं स्थानमा उक्लिएको छ। च्यासल ९ खेलमा ५ अंक जोडेर १३औं स्थानमा रहेको छ।
प्रकाशित मिति: १५:३६ बजे, बुधबार, माघ २६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











