Kathmandu Press

संसद बाहिरका दलहरुले गरे एमसिसी सम्झौताविरुद्ध प्रदर्शन

संसद बाहिरका दलहरुले गरे एमसिसी सम्झौताविरुद्ध प्रदर्शन

काठमाडाैं, माघ २६ : एमसिसी सम्झौताविरुद्ध संसद बाहिर रहेका राजनीतिक दलहरुले काठमाडौंमा प्रदर्शन गरेका छन्।

संसद बाहिर रहेका बिभिन्न राजनीतिक दल, विभिन्न संघसंस्था र अभियानहरुको मोर्चा संयुक्त जनआन्दोलनले एमसिसीको विरोधमा बुधबार काठमाडौको माइतीघरदेखि बानेश्वरसम्म विरोध प्रर्दशन गरेका हुन्।

Hardik ivf

एमसीसी सम्झौतामा नेपालको कानुनभन्दा  अमेरिकाका माथि हुने देखिएकाले यसलाई खारेज गर्नुपर्ने उनीहरुको भनाइ छ। उनीहरुले एमसीसी अमेरीकी सुरक्षा सैन्य रणनीतिसंग जोडिएको भन्दै राष्ट्रहित बिपरित गरको बताएका छन्।

प्रदर्शनमा सहभागीहरुले एमसीसी सम्झौता खारेज गर, गो ब्याक एमसीसी, वैदेशिक हस्तक्षेप बन्द गर लगाएका नारा लगाएका थिए । नेकपा (माले), नेकपा (संयुक्त), नेपाल कम्युनिस्ट पार्टी, संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चालगायत विभिन्न संघसंस्थाले संयुक्त रुपमा विरोध प्रदर्शन गरेका हुन् ।

एमसीसी पास गर्ने या नगर्ने भन्ने सम्बन्धमा राजनीतिक दलहरुबीच पनि सहमति जुट्न नसक्दा अघि बढ्न सकेको छैन।

प्रकाशित मिति: १५:२८ बजे, बुधबार, माघ २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्