त्रिभुवन विमानस्थलमा उडान–अवतरण सुचारु
काठमाडौं, भदौ ३१ : लगातारको वर्षाका कारण मौसम प्रतिकूल भएपछि डेढ घण्टादेखि अवरुद्ध त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज अवतरण सुचारु भएको छ।....

काठमाडौं, भदौ ३१ : लगातारको वर्षाका कारण मौसम प्रतिकूल भएपछि डेढ घण्टादेखि अवरुद्ध त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज अवतरण सुचारु भएको छ।
‘भिजिविलिटी’ नै नपुग्ने अवस्था आएपछि विमानस्थलले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानका सबै जहाजको अवतरण बन्द गराएको थियो। विमानस्थलबाट हुने दुबैतर्फका उडान भने रोकिएको थिएन।
डेढ घण्टापछि अवरुद्ध अवतरण शुरु गरिएको विमानस्थलका प्रवक्ता प्रतावबाबु तिवारीले जानकारी दिए। अवतरण बन्द हुँदा भारतको नयाँ दिल्लीबाट आएका नेपाल एयरलाइन्स र इण्डिगोका विमान आकाशमै फन्को लगाउँदै ‘होल्ड’ भएका थिए।
कतिपय आन्तरिक उडानका जहाज पनि ‘होल्ड’मै थिए। उक्त विमानस्थलबाट दैनिक ७० भन्दा बढी अन्तर्राष्ट्रिय र करीब ३०० आन्तरिक उडान–अवतरण हुँदै आएको छ। रासस











-1784808429.png)