Kathmandu Press

नगद र मूर्तिसहित काठमाडौंबाट किशोर पक्राउ    

काठमाडौं, माघ २६ : काठमाडौं महानगरपलिका-१७ धोबीचौरस्थित सडकबाट एक थान पहेलो रंगको धातुको मूर्ति, नगद १ लाख ४ हजार ७ सय ४० रुपैयाँ...
नगद र मूर्तिसहित काठमाडौंबाट किशोर पक्राउ    
Hardik ivf

काठमाडौं, माघ २६ : काठमाडौं महानगरपलिका-१७ धोबीचौरस्थित सडकबाट एक थान पहेलो रंगको धातुको मूर्ति, नगद १ लाख ४ हजार ७ सय ४० रुपैयाँ र २ थान मोबाइलसहित टोखा बस्ने काभ्रेपलाञ्चोक तेमाल गाउँपालिका-८ घर भएका १७ वर्षीय किशोरलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ।

महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनलाई शंकास्पद रुपमा हिँडडुल गरिरहेको अवस्थामा फेला पारी जाँच गर्दा उनको साथबाट उक्त मूर्ति र नगद फेला पारी पक्राउ गरेको हो। यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १४:५७ बजे, बुधबार, माघ २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्