Kathmandu Press

स्रोत नखुलेको ७० लाख रकमसहित पक्राउ   

काठमाडौं, माघ २६ : काठमाडौं महानगरपालिका–१६ बालाजु बाईपासबाट स्रोत नखुलेको नगद ६९ लाख ९९ हजार रुपैयाँसहित नुवाकोट ककनी गाउँपालिका–३ चाउथे घर भएका २९...
स्रोत नखुलेको ७० लाख रकमसहित पक्राउ   

काठमाडौं, माघ २६ : काठमाडौं महानगरपालिका–१६ बालाजु बाईपासबाट स्रोत नखुलेको नगद ६९ लाख ९९ हजार रुपैयाँसहित नुवाकोट ककनी गाउँपालिका–३ चाउथे घर भएका २९ वर्षीय नवराज ढुंगानालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। 

विशेष सूचनाका आधारमा महानगरीय प्रहरी कार्यालय रानीपोखरी र महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो। 

यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
 

प्रकाशित मिति: १४:५३ बजे, बुधबार, माघ २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्