Kathmandu Press

सांसदद्वारा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको ध्यानाकर्षण

सांसदद्वारा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको ध्यानाकर्षण

काठमाडौं, माघ २६ : कञ्चनपुरका सांसदहरुले निर्माणाधीन विभिन्न संरचना समयमै सम्पन्न गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको ध्यानाकर्षण गराएका छन् । सांसद्हरु निरुदेवी पाल, डा दीपकप्रकाश भट्ट र नरबहादुर धामीले भौतिक पूर्वाधार सचिव रवीन्द्रनाथ श्रेष्ठलाई मंगलबार भेटेर पुललगायत संरचना चाँडो निर्माण गर्न ध्यानाकर्षण गराएका हुन् ।  

दोधारा चाँदनी जोड्ने गरी महाकाली नदीमा निर्माणाधीन पुल निर्माण पुनः अघि बढाउन उनीहरुले माग गरेका छन् । ‘पुल चाँडो बनाउन हामीले माग गरेका छौँ, तीन चार महिनादेखि काम ठप्प छ,’ सांसद धामीले भने। तीनै सांसदले विगतमा ठेक्का भएका कतिपय पुलको निर्माण प्रक्रिया अझै अघि नबढेको भन्दै सचिव श्रेष्ठको ध्यानाकर्षण गराएका छन् । 

तीन÷चार वर्ष अघि योजनामा परेका अरु पुल प्रक्रियामा नै नगएको भन्दै त्यसलाई अघि बढाउन आग्रह गरिएको सांसद् धामीले बताए। सचिव श्रेष्ठले महाकाली पुल जतिसक्दो चाँडो निर्माण सम्पन्न गर्न प्रतिबद्धता व्यक्त गरे । सरकारले चार वर्ष अघि महाकाली नदीको दोधारा–चाँदनीलाई जोड्ने गरी पक्की पुल निर्माण थालेको हो।  

प्रकाशित मिति: १०:२८ बजे, बुधबार, माघ २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्