Kathmandu Press

पुछारको बर्नलीसँग रोकियो युनाइटेड

काठमाडाैं, माघ २६ : म्यान्चेस्टर युनाइटेडले आफ्नो खराब प्रदर्शन कायमै राखेको छ । प्रिमियर लिग अन्तर्गत मंगलबार राति भएको खेलमा सुरुआती अग्रता जोगाउन...
पुछारको बर्नलीसँग रोकियो युनाइटेड

काठमाडाैं, माघ २६ : म्यान्चेस्टर युनाइटेडले आफ्नो खराब प्रदर्शन कायमै राखेको छ । प्रिमियर लिग अन्तर्गत मंगलबार राति भएको खेलमा सुरुआती अग्रता जोगाउन नसक्दा युनाइटेड बर्नलीसँग १–१ गोलको बराबरीमा रोकियो।

खेलमा सुरुआती अग्रता युनाइटेडले लियो । लामो समयपछि मैदान फर्किएका पालउ पोग्बाले १८ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए । त्यसपछि १२औं राफेल भरानेले गोल पछि भारले सो गोललाई मान्यता दिएन ।

पहिलो हाफमा १ गोलले पछि परेपछि दोस्रो हाफका सुरुआतमै बर्नलीले बराबरी गोल फर्कायो । ४७औं मिनेटमा जे रोड्रिगेजले बराबरी गोल फर्काएका थिए ।

मंगलबार राति नै भएका अन्य खेलमा न्युकासलले एभर्टनमाथि ३–१को जित निकाल्दा वेस्टह्यामले वाट्फोर्डलाई १–०ले हरायो।

बराबरीपछि युनाइटेड ३९ अंकका साथ पाँचौं स्थानमा छ। बर्नली १४ अंकका साथ पुछारमा छ ।

प्रकाशित मिति: ०९:४७ बजे, बुधबार, माघ २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्