कांग्रेस प्रदेशसभा दलको सचेतकमा शाही
सुर्खेत, माघ २६ : नेपाली कांग्रेस कर्णाली प्रदेशसभा संसदीय दलको सचेतकमा अमृता शाहीलाई सचेतक मनोनित भएकी छिन्।दलको विधान, २०७४ को दफा ११ (१)...
सुर्खेत, माघ २६ : नेपाली कांग्रेस कर्णाली प्रदेशसभा संसदीय दलको सचेतकमा अमृता शाहीलाई सचेतक मनोनित भएकी छिन्।
दलको विधान, २०७४ को दफा ११ (१) बमोजिम संसदीय दलका नेता जीवनबहादुर शाहीले उनलाई सचेतकमा मनोनित गरेका हुन्।
यसअघिका सचेतक हिमबहादुर शाही आन्तरिक मामिला तथा कानुनमन्त्रीमा नियुक्त भएपछि सचेतक पद रिक्त थियो। कांगे्रस संसदीय दलको विधानमा दलका नेताको प्रत्यक्ष निर्देशन, समन्वय एवं परामर्शमा रहेर सचेतकले जिम्मेवारी वहन गर्नुपर्ने व्यवस्था छ ।
प्रकाशित मिति: ०९:२९ बजे, बुधबार, माघ २६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












