नेपाल प्रहरीका ७ हजार ३४४ जवानको सरुवा
काठमाडौं, माघ २६ : नेपाल प्रहरीले ठूलो संख्यामा जवानहरूको सरुवा गरेको छ।प्रहरी प्रधान कार्यालयले गएराति ७ हजार तीन सय ४४ जवानको सरुवा गरेको...
काठमाडौं, माघ २६ : नेपाल प्रहरीले ठूलो संख्यामा जवानहरूको सरुवा गरेको छ।
प्रहरी प्रधान कार्यालयले गएराति ७ हजार तीन सय ४४ जवानको सरुवा गरेको हो। उनीहरु फागुन महिनाको तलव, भत्ता सरुवा भएको कार्यालयबाट पाउनेछन्।
प्रहरी जवानको लामो समयदेखि सरुवा हुन सकेको थिएन। प्रहरी प्रधान कार्यालयले स्थानीय तहको निर्वाचन घोषणा भएपछि ठूलो संख्यामा प्रहरी जवानको सरुवा गरेको हो।
प्रकाशित मिति: ०८:४० बजे, बुधबार, माघ २६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












