Kathmandu Press

पाल्पामा धार्मिक सम्पदाको पुनर्निर्माण गरिँदै

पाल्पा, माघ २६ : पाल्पाको रामपुरमा रहेको ऐतिहासिक लक्ष्मीनारायण धर्मशाला (गुठी) भवनलाई संरक्षण गर्दै पूरानै शैलीमा पुर्नः निर्माणको काम थालिएको छ।कालीगण्डकी बेँसीको धार्मिक...
पाल्पामा धार्मिक सम्पदाको पुनर्निर्माण गरिँदै

पाल्पा, माघ २६ : पाल्पाको रामपुरमा रहेको ऐतिहासिक लक्ष्मीनारायण धर्मशाला (गुठी) भवनलाई संरक्षण गर्दै पूरानै शैलीमा पुर्नः निर्माणको काम थालिएको छ।

कालीगण्डकी बेँसीको धार्मिक तथा सांस्कृतिक महत्व बोकेको धर्मशाला २०७२ सालको भूकम्पले भवनमा क्षति पु¥याएपछि पौराणिक अस्तित्व बचाइ राख्न अहिले पूरानै शैलीमा पुनः निर्माणको काम धमाधम चलेको छ।

Hardik ivf

लक्ष्मीनारायण गुठी सञ्चालन संस्थाको स्वामित्वमा धर्मशालाका रुपमा सञ्चालन हुँदै आइरहेको थियो। पूर्ण जीर्णोद्धार गर्न पुरातत्व विभागको विशेष पहलमा पुनर्निर्माण प्राधिकरणको करिब तीन करोड ६ लाख ५३ हजार ६६२ बजेटमा पुनर्निर्माण थालिएको हो।

पूरानो धर्मशाला भुइँतलासहित तीनतले ६ कोठा, दायाँ र बायाँ एक÷एक वटा बालापाली थियो भने, छानो झिँगटीले छाइएको थियो। सोहीस्वरुपमा नै धर्म एस निर्माण सेवा प्रालिले २०७८ असार १६ गते ठेक्का सम्झौता गरी गत भदौदेखि निर्माण भइरहेको छ। २०८० असार ५ गते भित्र निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य छ। (रासस)

प्रकाशित मिति: ०७:१४ बजे, बुधबार, माघ २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्