Kathmandu Press

लमजुङलाई ४.५ म्याग्नेच्यूडको भूकम्प

काठमाडौं, भदौ ३१ : लमजुङ केन्द्रबिन्दु भएर ४.५ रेक्टर स्केलको भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान ९ बजेर ५३ मिनेट....

लमजुङलाई ४.५ म्याग्नेच्यूडको भूकम्प

काठमाडौं, भदौ ३१ : लमजुङ केन्द्रबिन्दु भएर ४.५ रेक्टर स्केलको भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान ९ बजेर ५३ मिनेट जाँदा लमजुङ केन्द्रबिन्दु भएर भूकम्प गएको हो। केन्द्रका भूकम्पविद् मुकुन्द भट्टराईले दोर्दी गाउँपालिका–४ नौथर केन्द्रबिन्दु भएर भूकम्प गएको जानकारी र्दिए।

भूकम्पको धक्का लमजुङ, तनहुँ, कास्की, गोरखा र धादिङमा महसुस गरिएको छ। यसअघि आइतबार र सोमबार सुदूरपश्चिम तथा कर्णालीका जिल्लामा भूकम्प गएको थियो।

प्रकाशित मिति: १२:०२ बजे, मंगलबार, भदौ ३१, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्