Kathmandu Press

टी–२० विश्वकप छनोट खेल्न नेपाली टोली ओमान प्रस्थान 

काठमाडौं, माघ २५ : टी २० विश्वकपका लागि ग्लोबल छनोट प्रतियोगिता खेल्न नेपाली टोली ओमान प्रस्थान गर्न लागेको छ। नेपाली राष्ट्रिय टोली आज राति...
टी–२० विश्वकप छनोट खेल्न नेपाली टोली ओमान प्रस्थान 

काठमाडौं, माघ २५ : टी २० विश्वकपका लागि ग्लोबल छनोट प्रतियोगिता खेल्न नेपाली टोली ओमान प्रस्थान गर्न लागेको छ। 

नेपाली राष्ट्रिय टोली आज राति मंगलबार त्यसतर्फ प्रस्थान गरेको नेपाल क्रिकेट संघले जनाएको छ। ओमानमा हुने प्रतियोगितामा नेपालसँगै ओमन, फिलिपिन्स, क्यानाडा, युएई, बहराईन, आयरल्यान्ड र जर्मनीले प्रतिस्पर्धा गर्नेछन्।

नेपाल रहेको समूह ए मा क्यानाडा, फिलिपिन्स र ओमन छन्। त्यस्तै, समूह ‘बी’ मा युएई, बहराईन, आयरल्यान्ड र जर्मनी छन्। 

नेपालले ओमानविरुद्ध १८ फेब्रुअरीमा पहिलो खेल खेल्नेछन्। दोस्रो खेल १९ फेब्रुअरीमा फिलिपिन्स र तेस्रो खेल क्यानाडासँग २१ फेब्रुअरीमा खेल्नेछ। १८ देखि २४ फेब्रुअरीसम्म हुने प्रतियोगितामा २२ फेबु्रअरीमा सेमिफाइनलका खेल र २४ फेब्रुअरीमा फाइनल हुनेछ।

विजेता र उपविजेता टोलीले आगामी अक्टुबरमा अस्ट्रेलियामा हुने विश्वकप खेल्न पाउनेछ।

प्रकाशित मिति: १९:४७ बजे, मंगलबार, माघ २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्