Kathmandu Press

महबाटै उपचार गर्ने हनी सेन्टर तथा ब्युटी सलुन खुल्यो 

काठमाडौं, माघ २५ : काठमाडौंको सोल्टीमोड स्थित सोल्टी होटलको प्रवेश द्धारसँगै ‘हनी थेरापी एन्ड वेयल केयर ब्युटी सलुन’ खुलेको छ । बिगत एक दशकदेखि...
महबाटै उपचार गर्ने हनी सेन्टर तथा ब्युटी सलुन खुल्यो 

काठमाडौं, माघ २५ : काठमाडौंको सोल्टीमोड स्थित सोल्टी होटलको प्रवेश द्धारसँगै ‘हनी थेरापी एन्ड वेयल केयर ब्युटी सलुन’ खुलेको छ । 

बिगत एक दशकदेखि व्युटिसियनको रुपमा सक्रिय तथा थोरापिष्ट रन्जु थापाले यो ब्युटी सलुन सञ्चालनमा ल्याएकी हुन् । जैविक महबाट मालिस गरेर तौल घटाउनुका साथै नशा र मान्सपेसीको समस्यालाई मुक्तपार्न यो पार्लर खोलिएको हो । 

Hardik ivf

रोज सिप विकाश तालिम केन्द्रकी अध्यक्ष एवम् बरिष्ट ब्युटिसियन सोनी कारंजितले आईतबार सो थेरापी तथा ब्युटी सुलनको रिवन काटेर उद्घाटन गरेकी हुन् ।  नेपालमै उत्पादिक जैविक महबाट रन्जुले थेरापी गरेर नशा र मासपेसीको समस्या निराकरण गर्नुले यो सेवा धेरैका लागि उपयोगी हुने विश्वास सोनी कारँजितले व्यक्त गरिन् । 

कार्यक्रममा लायन्स क्लब अफ काठमाडौं रिजन चेयर पर्सन रेश्मा श्रेष्ठ, लायन्स क्बल अफ काठमाडौं आधारकी अध्यक्ष ग्याल्मो बुढाथोकी शेर्पाले रञ्जुलाई यो नयाँ ब्युटी पार्लर तथा थोरापी व्यबसायको लागि शुभकामना दिए । 

नेपालमै महबाट सम्पूर्ण कस्मेटिक र विभिन्न औषधी जन्य सामग्री निर्माण गर्दै आएको एपी लाईफबाट थेरापी सम्बन्धि पूर्ण प्रशिक्षण लिएपछि आफुले यो थेरापी एन्ड वेयल सेन्टर सुरु गरेको रन्जुले जानकारी गराईन । महबाट मसाजसँगै ब्युटिसियन सम्बन्धि सम्पूर्ण सुविधा आफुहरुले प्रदान गर्ने पनि उनले बताईन ।

प्रकाशित मिति: १८:१७ बजे, मंगलबार, माघ २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्