Kathmandu Press

प्राविधिक विद्यालयलाई बस हस्तान्तरण

काठमाडौं, माघ २५ : प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदलाई नौवटा बस प्रदान गरिएको छ।युरोपेली आयोग र ब्रिटिस काउन्सिलको सहकार्यमा ‘दक्षता’ नामक ‘टिभेट प्राक्टिकल...
प्राविधिक विद्यालयलाई बस हस्तान्तरण

काठमाडौं, माघ २५ : प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदलाई नौवटा बस प्रदान गरिएको छ।

युरोपेली आयोग र ब्रिटिस काउन्सिलको सहकार्यमा ‘दक्षता’ नामक ‘टिभेट प्राक्टिकल पार्टनरसिप’ परियोजनाका प्रमुख एरिक विन्तर–स्मिटले परिषद्का सदस्य सचिव जीवनारायण काफ्लेलाई आज बस प्रदान गरेका हुन्। 

प्रोत्साहन परियोजनाले सहयोग गरेका विद्यालयलाई ती बस हस्तान्तरण गरिएको जनाइएको छ।

प्रकाशित मिति: १८:०२ बजे, मंगलबार, माघ २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्