सरकारी विज्ञापनमा आरक्षण माग गर्दै थारु कल्याणकारिणी सभाद्वारा सर्वोच्चमा रिट
काठमाडौं, माघ २५ : सरकारी विज्ञापनमा थारु समुदायलाई आरक्षण माग गर्दै थारु कल्याणकारिणी सभाले सर्वोच्च अदालतमा रिट दायर गरेको छ।सभाका महामन्त्री प्रेमिलालप्रसाद चौधरी र...
काठमाडौं, माघ २५ : सरकारी विज्ञापनमा थारु समुदायलाई आरक्षण माग गर्दै थारु कल्याणकारिणी सभाले सर्वोच्च अदालतमा रिट दायर गरेको छ।
सभाका महामन्त्री प्रेमिलालप्रसाद चौधरी र अधिवक्ता श्रवणकुमार चौधरीले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, कानुन मन्त्रालय, व्यवस्थापिका संसद, लोकसेवा आयोग, थारु आयोग, प्रदेश लोकसेवा आयोग बागमती प्रदेश, बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई विपक्षी बनाइए रिट दायर गरेका हुन्।
रिटमा भोलि (माघ २६ गते) का लागि पेसी तोकिएको छ। वाग्मती प्रदेश लोकसेवा आयोगले गत माघ ४ गते र माघ १० गते गरेको विभिन्न पदको विज्ञापन गर्दा आरक्षण कोटामा थारु समुदायलाई छुटाइएको भन्दै पुनः विज्ञापनको माग रिटमा गरिएको छ।
प्रकाशित मिति: १७:५२ बजे, मंगलबार, माघ २५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![बाढीपछिकाे त्रिशूली बजार [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1788005266.jpg)
