Kathmandu Press

गलकोट नगरपालिकामा नगर प्रहरी

बागलुङ, माघ २५ : बागलुङको गलकोट नगरपालिकाले नगर प्रहरी भर्ना प्रक्रिया सुरु गरेको छ। नगरका योजना कार्यान्वयनका बेला देखिने सुरक्षा समस्या र सार्वजनिक...
गलकोट नगरपालिकामा नगर प्रहरी

बागलुङ, माघ २५ : बागलुङको गलकोट नगरपालिकाले नगर प्रहरी भर्ना प्रक्रिया सुरु गरेको छ। नगरका योजना कार्यान्वयनका बेला देखिने सुरक्षा समस्या र सार्वजनिक सम्पत्तिको रेखदेख तथा संरक्षणका लागि नगर प्रहरी गठन गर्न थालिएको हो।

गत वर्ष नै नगर प्रहरी गठनसम्बन्धी ऐन तयार गरेको नगरले चालु आर्थिक वर्षमा कार्यान्वयनमा ल्याएको हो। बागलुङका दश स्थानीय तहमध्ये नगर प्रहरी भर्ना गर्ने गलकोट तेस्रो नगरपालिका हो।

Hardik ivf

नगरले तत्कालका लागि दुईजना जवान नियुक्त गर्ने सूचना अधिकारी तुलबहादुर विकले बताए। अहिले नियुक्त भएका प्रहरीले कार्यालय र सार्वजनिक सम्पत्तिको संरक्षणको काममा लाग्नेछन्। ‘कार्यालयमा भीड लाग्दा व्यवस्थापन गर्नेसमेत कोही छैन, कहिलेकाहीँ अनावश्यक मान्छेले दुःख दिन्छन्,’ नगरप्रमुख भरत शर्मा गैरेले भने, ‘ठूला समस्या आउँदा नेपाल प्रहरी छ, स–साना समस्या त हाम्रो प्रहरी पनि सक्रिय रहन सक्छ।’  

यसअघि बागलुङ र ढोरपाटन नगरपालिकामा नगर प्रहरी गठन गरिएको थियो। नेपाल प्रहरीले नगरभित्रको शान्तिसुरक्षामा सहयोग गर्ने भए पनि नगरका कतिपय काममा नेपाल प्रहरीलाई सहयोग माग्न नसकिएको उहाँले बताए।

‘गत वर्ष हामीले घरको नक्सा पाससम्बन्धी कानुन ल्यायौँ तर कार्यान्वयनका बेला चुनौती आए, कम्तीमा खोजी गर्न, सचेत गराउन प्रहरी हुँदा सहज हुन्थ्यो,’ गैरे भन्छन्, ‘सडकमा फोहोर गर्ने, सडकमै व्यापार गर्नेलाई नगरभन्दा कर्मचारीलाई टेरेनन्, आफ्नै प्रहरी भएपछि सहज हुने भो।’

प्रकाशित मिति: १७:३९ बजे, मंगलबार, माघ २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्