Kathmandu Press

गण्डकी प्रदेशमा जिपिएससहितको एम्बुलेन्स सञ्चालनमा ल्याइँदै

पोखरा, माघ २५ : गण्डकी प्रदेशमा जिपिएससहितको एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइने भएको छ । प्रदेश स्वास्थ्यतथा जनसङ्ख्या मन्त्रालयको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटीको...
गण्डकी प्रदेशमा जिपिएससहितको एम्बुलेन्स सञ्चालनमा ल्याइँदै

पोखरा, माघ २५ : गण्डकी प्रदेशमा जिपिएससहितको एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइने भएको छ । 

प्रदेश स्वास्थ्यतथा जनसङ्ख्या मन्त्रालयको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा प्रेषण केन्द्र स्थापना गरी एम्बुलेन्स सञ्चालनमा ल्याउन लागिएको हो।

यसका लागि स्वास्थ्य निर्देशनालय र रेडक्रस सोसाइटीबीच सम्झौता प्रारम्भ भएको  जनाइएको छ। रेडक्रस गण्डकी प्रदेशका अध्यक्ष सूर्यप्रसाद ढकालका अनुसार जिपिएसबाट पूर्व अस्पताल स्वास्थ्य सेवा प्रणाली विकास गरी सेवा पु¥याउने उद्देश्य राखिएको छ।

Hardik ivf

प्रदेशमा सरकारी अस्पताल, रेडक्रस अन्य सामाजिक सङ्घ संस्था र निजी अस्पतालकासमेत गरी २१६ एम्बुलेन्स सञ्चालनमा छन्। यस वर्ष १५० एम्बुलेन्समा जिपिएस जडान गरिने र बाँकीलाई अर्को आर्थिक वर्षमा जडान गरिनेछ। 

यस कार्यक्रमको लागि स्वास्थ्य निर्देशनालयबाट करिब रु ३८ लाख र नेपाल रेडक्रसले करिब रु ६२ लाख खर्च गर्नेछन्। 

एउटा एम्बुलेन्समा जिपिएस जडान गर्न करिब रु. १२ हजार र वार्षिक रिचार्ज गर्न करिब चार हजार ५०० खर्च लाग्ने बताइएको छ। यही माघ २३ र २४ गते रेडक्रस र सरकारी अस्पतालका गरी २५ एम्बुलेन्समा जिपिएस जडान गरिएको छ भने विस्तारै ११ वटै जिल्लामा यो सेवा विस्तार गरिने जनाइएको छ।

रेडक्रसका ११ जिल्ला शाखा र उपशाखामा गरी २५ एम्बुलेन्स सञ्चालनमा छन् यस कार्यक्रम अन्तर्गत ‘ग’ वर्गका एम्बुलेन्सलाईस्तर उन्नती गरी ‘ख’ वर्गमा लगिने छ।

एम्बुलेन्स चालकलाई प्राथमिक उपचारसहित पूर्व अस्पताल सेवा सम्बन्धी तीन दिन तालिम प्रदान गरिने छ भने प्रेषण केन्द्रका कर्मचारीलाई ६ दिनको तालिम दिइनेछ ।

त्यसैगरी प्रत्येक जिल्लामा एक–एक दिनको अभिमुखिकरण तालिम सञ्चालन हुनेछ। प्रदेशभरिको लागि एम्बुलेन्सको लागि १०२ नम्बरमा सञ्चालनमा ल्याइएको छ।  ‘डिस्प्याच सेन्टर’स्वास्थ्य निर्देशनालयमा राखी सञ्चालन गरिने जनाइएको छ। 

प्रकाशित मिति: १७:३६ बजे, मंगलबार, माघ २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्