Kathmandu Press

नर्सिङ परिषद्को लाइसेन्स परीक्षा चैत १२ गते हुने

काठमाडौं, माघ २५ : नेपाल नर्सिङ परिषद्को नाम दर्ता (लाइसेन्स) परीक्षा आगामी चैत १२ गते हुने भएको छ।परिषदले आज (मंगलबार) एक सूचना जारी...
नर्सिङ परिषद्को लाइसेन्स परीक्षा चैत १२ गते हुने

काठमाडौं, माघ २५ : नेपाल नर्सिङ परिषद्को नाम दर्ता (लाइसेन्स) परीक्षा आगामी चैत १२ गते हुने भएको छ।

परिषदले आज (मंगलबार) एक सूचना जारी गरेर परीक्षा मिति तोकिएको जानकारी गराएको हो। यस वर्षको अन्तिम नर्सिङ तथा मिडवाइ फ्री लाइसेन्स परीक्षामा सहभागी हुन चाहने परीक्षार्थीहरु प्रवीणता प्रमाणपत्र तह नर्सिङ वा बीएस्सी नर्सिङ उत्तीर्ण भएको हुनुपर्ने परिषद्ले जनाएको छ।

परिषद्को परीक्षामा सहभागी हुन चाहने परीक्षार्थीहरुले माघ २६ देखि फागुन २६ गतेसम्म अनलाइन फारम बुझाउन सक्ने व्यवस्था गरिएको छ।

परिषद्ले तोकिएको समयमा फारम भर्न छुटेकाहरुले फागुन २७ गतेदेखि चैत ३ गतेसम्म दोब्बर दस्तुर तिरेर फारम भर्न सक्ने व्यवस्था समेत गरिएको परिषद्ले जनाएको छ।

अनलाइन फारम भर्नका लागि विद्यार्थीले परिषदको वेबसाइटमा गई निर्देशनबमोजिम फाराम भर्नुपर्नेछ। अनलाइन फारमबाहेक अन्य कुनै माध्यमबाट परिक्षा आवेदन दिन नमिल्ने सूचनामा उल्लेख छ।

 

प्रकाशित मिति: १६:०८ बजे, मंगलबार, माघ २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्