Kathmandu Press

यस्ताे छ भोलि बस्ने संसद बैठककाे सम्भावित कार्यसूची

काठमाडौं, माघ २५ : भोलि अपराह्न १ बजे संसद बैठक बस्दैछ। दसौं अधिवेशनअन्तर्गत बस्ने चौथो बैठकका लागि संसद सचिवालयले सम्भावित कार्यसूची पनि सार्वजनिक गरेको...
यस्ताे छ भोलि बस्ने संसद बैठककाे सम्भावित कार्यसूची

काठमाडौं, माघ २५ : भोलि अपराह्न १ बजे संसद बैठक बस्दैछ। दसौं अधिवेशनअन्तर्गत बस्ने चौथो बैठकका लागि संसद सचिवालयले सम्भावित कार्यसूची पनि सार्वजनिक गरेको छ।

संघीय संसदका महासचिव डा. भरतराज गौतमले जारी गरेको सूचनामा प्रधानमन्त्री श्री शेरबहादुर देउवाले ‘थारु आयोगको तेस्रो वार्षिक प्रतिवेदन (आ.व. २०७७/७८) पेस गर्ने सम्भावित कार्यसूची पहिलो नम्बरमा उल्लेख छ।

Hardik ivf

दोस्रो नम्बारमा भने सभासद जगतबहादुर ताजपुरियाको निधनप्रति शोक व्यक्त गर्ने कार्यसूची रहेको सूचनामा उल्लेख छ।

‘प्रतिनिधि सभाको यो बैठक नेपाली कांग्रेसको तर्फबाट २०६४ सालको संविधान सभामा समानुपातिक तर्फबाट निर्वाचित सदस्य, सरल र मिलनसार राजनीतिज्ञको रुपमा परिचित नेता जगतबहादुर ताजपुरियाको ७८ वर्षको उमेरमा मिति २०७८ साल पुस १७ गते शनिबार राती निधन भएकोमा उहाँको निधनप्रति शोक प्रकट गरी श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दछ,’ सूचनामा उल्लेख छ।

संसदमा छलफल गर्ने विषय तय गर्न सभामुख अग्निप्रसाद सापकोटाले भोलि (बुधबार) दिउँसो साढे ११ बजेका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्। 

प्रकाशित मिति: १५:४३ बजे, मंगलबार, माघ २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्