Kathmandu Press

मोहनकुमार घिमिरेको संयोजकत्वमा बन्याे एकीकृत समाजवादीनिकट कर्मचारी संगठन

काठमाडाैं, माघ २५ : नेकपा एकीकृत समाजवादी निकट कर्मचारीहरूले मोहनकुमार घिमिरेको संयोजकत्वमा छुट्टै संगठन खोलेका छन्।संगठनको नाम एकीकृत सरकारी कर्मचारी संगठन नेपाल राखिएको...
मोहनकुमार घिमिरेको संयोजकत्वमा बन्याे एकीकृत समाजवादीनिकट कर्मचारी संगठन

काठमाडाैं, माघ २५ : नेकपा एकीकृत समाजवादी निकट कर्मचारीहरूले मोहनकुमार घिमिरेको संयोजकत्वमा छुट्टै संगठन खोलेका छन्।

संगठनको नाम एकीकृत सरकारी कर्मचारी संगठन नेपाल राखिएको छ। आज (मंगलबार) काठमाडौंमा पत्रकार सम्मेलन गरेर त्यसबारे जानकारी दिइएको हो। 

Hardik ivf

पत्रकार सम्मेलनमा संगठनका संयोजक घिमिरेले १५१ सदस्यीय अधिवेशन आयोजक समिति र ३५ सदस्यीय सचिवालय गठन गरिएको जानकारी दिए।

उनले नेपाल निजामती कर्मचारी संगठनको सट्टा एकीकृत सरकारी कर्मचारी संगठन गठन गरिएको दाबी पनि गरे।

प्रदेश, संघ र स्थानीय कर्मचारीको छाता संगठन स्थापना भएको र फागुनभित्र मातहतका कर्मचारी संगठनलाई सरकारी कर्मचारी संगठनमा रुपान्तरण गरिने उनले बताए।

संगठनले टे«ड युनियन भित्र देखिएको अर्थवाद, अवसरवाद र अराजकतावादको अन्त्य गर्दै एकीकृत ट्रेड युनियनको अवधारणा अवलम्बन गर्न माग गर्ने निष्कर्ष निकालको जनाएको छ।

प्रकाशित मिति: १५:१२ बजे, मंगलबार, माघ २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्