यस्तो छ अगामी दिनको मौसम
काठमाडौं, भदौ ३१ : आगामी तीन दिन पनि मसुन सक्रिय रहने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मनसुनी न्यून चापीय रेखा....

काठमाडौं, भदौ ३१ : आगामी तीन दिन पनि मसुन सक्रिय रहने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मनसुनी न्यून चापीय रेखा नेपालको दक्षिणपट्टी सौसत आसपासमा रहेकाले वर्षा हुने महाशाखाले जनाएको छ। पूर्वी तराई, मध्य र पश्चिमका केही स्थानमा सामान्य बदली भई मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षा महाशाखाले जनाएको छ।
आगामी २४ घण्टामा मध्य तथा पश्चिम भूभागमा भारी वर्षाको सम्भावना रहेकाले सचेत रहने महाशाखाले आग्रह गरेको छ। केही नदीहरुमा बाढी आउने सक्ने जनाएको छ। महाशाखाले तीन दिनको मौसमी बुलेटिन जारी गर्दै केही स्थानमा सामान्य र केही स्थानमा भारी वर्षा हुने जनाएको छ।
आज दिउँसो देशभरी सामान्य वर्षा हुनेछ। पूर्वि, मध्य र पश्चिमका केही स्थानमा मेघ गर्जनसहित वर्षा हुनेछ। त्यस्तै, आज राति पनि वर्षा निरन्तर जारी रहनेछ। केही स्थानमा चट्याङसहित वर्षा हुने महाशाखाको अनुमान छ।
त्यस्तै, बुधबार पनि मौसममा धेरै फेरबदल आउने देखिएको छैन। पूर्वि भागमा सामान्य वर्षा भएपनि मध्य र पश्चिमका केही भागमा भारी वर्षा हुने महाशाखाले जनाएको छ। बिहीबार पनि यो क्रम जारी रहछने। केही स्थानमा मात्रै वर्षा हुनेछ। राति भने मेघ गर्जनसहित वर्षा हुने जनाएको छ।











-1784808429.png)