Kathmandu Press

स्पिनर सागर ढकाल राष्ट्रिय क्रिकेट टिममा

काठमाडौं, माघ २५ : टी-२० विश्वकप खेल्ने सपनासहित नेपाली राष्ट्रिय क्रिकेट टिम मंगलबार साँझ ओमान प्रस्थान गर्दैछ। ओमान भ्रमणमा जाने टिममा १७ जना खेलाडी...
स्पिनर सागर ढकाल राष्ट्रिय क्रिकेट टिममा

काठमाडौं, माघ २५ : टी-२० विश्वकप खेल्ने सपनासहित नेपाली राष्ट्रिय क्रिकेट टिम मंगलबार साँझ ओमान प्रस्थान गर्दैछ। ओमान भ्रमणमा जाने टिममा १७ जना खेलाडी छन्।

यसअघि क्यानले ओमान भ्रमणका लागि १६ सदस्यीय टिम घोषणा गरेको थियो। तर, ओमान भ्रमणमा जाने दिन नै प्रशिक्षक पुबुदु दासानायकेले टिममा स्पिनर सागर ढकाललाई पनि बोलाएका छन्।


टी-२० विश्वकपको ग्लोबल क्यालिफायर फेब्रुअरी १८ देखि २४ तारिखसम्म ओमानमा हुनेछ। जहाँ नेपालले समूह चरणमा ओमान, क्यानडा र फिलिपिन्ससँग खेल्नेछ। छनोटमा नेपालले फागुन ६ मा ओमान, फागुन ७ मा फिलिपिन्स र फागुन ९ मा क्यानडासँग खेल्नेछ।


ग्लोबल क्लालिफायरअघि नेपालले आयरल्यान्ड, ओमान र युएईसँग टि–२० सिरिज खेल्ने छ। सिरिज माघ २८ देखि फागुन २ गतेसम्म हुनेछ।

नेपालले पहिलो खेल माघ २८ मा ओमान, दोस्रो खेल माघ २९ मा युएई र तेस्रो खेल फागुन २ मा आयरल्यान्डसँग खेल्नेछ। सिरिजका सबै खेलले टी-२० अन्तर्राष्ट्रियको मान्यता पाउने छ।

कोको छन् नेपाली टिममा?

सन्दीप लामिछाने, शरद भेषावकर, ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी, करण केसी, कुशल भुर्तेल, कुशल मल्ल, आरिफ सेख, आसिफ सेख, अविनाश बोहरा, जितेन्द्र मुखिया, शाहब आलम, कमल सिंह ऐरी, विवेक यादव, प्रदीप ऐरी, लोकेश बम र सागर ढकाल

प्रकाशित मिति: १४:३१ बजे, मंगलबार, माघ २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्