Kathmandu Press

अवरुद्ध मध्यपहाडी लोकमार्ग अझै सञ्चालन भएन

अवरुद्ध मध्यपहाडी लोकमार्ग अझै सञ्चालन भएन

रुकुम (पूर्व), माघ २५ : हिमपातका कारण अवरुद्ध  मध्यपहाडी लोकमार्ग सञ्चालनमा नआउँदा  यात्रु समस्यामा परेका छन्। यही माघको १८ गतेदेखि सो सडकमा यातायातका साधन गुड्न  सकेका छैनन् ।

सडकमा पाँच फिटसम्म हिउँ जमेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गनेशबहादुर श्रेष्ठले जानकारी दिए। जमेको हिउँ तत्काल हटाउने सम्भावना नरहेको जनाइएको छ । हिउँ खेल्न अहिले आन्तरिक पर्यटक रुपगाँसम्म जाने गरेका छन्।

Hardik ivf

लोकमार्ग अवरुद्ध हुँदा रुकुम ९पूर्व०, रुकुम (पश्चिम), रोल्पाबाट बागलुङ हुँदै पोखरा, काठमाडौं जाने यात्रु समस्यामा परेका छन् भने जिल्ला भित्रिने पनि समस्यामा परेका छन्। कतिपयले यात्रुले सल्यान, दाङ, वुटवल हुँदै लामो दूरीको यात्रा गर्नुपरेको बताएका छन्। वर्षेनि यसै समयमा हिमपातको कारण  सो लोकमार्गको लकुम–पातीहाल्ना खण्ड अवरुद्ध हुने गर्दछ। 

यस्तै हिमपातको कारण सहिदमार्ग पनि अवरुद्ध छ । सो मार्गको रिका खण्डमा बाक्लो हिउँ जम्दा पुथाउत्तरगंगा गाउँपालिकाका नागरिकलाई सदरमुकाम रुकुमकोट आवत जावत गर्न समस्या भएको छ। सो सडकमा जमेको हिउँ पन्छयाउन पनि केही समय प्रहरीले जनाएको छ। 

प्रकाशित मिति: १३:२३ बजे, मंगलबार, माघ २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्